Logo

सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधीकारीहरूलार्ई रिपोर्टस क्लब नेपाल र नेपाली रेडियो नेटवर्कबाट सम्मान



काठमाडौं, २८ फागुन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका नवनिर्वाचित पदाधीकारीहरूलाई रिपोर्टस क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले बधाई तथा शुभकामना दिएका छन् । आज रिपोर्टर्स क्लब नेपाल तथा नेपाली रेडियो नेटवकका अध्यक्ष ऋषि धमलाले नवनिर्वाचित पदाधीकारीहरूलाई शुभकामना तथा बधाई दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष धमलाले आफ्नो र क्लबको तर्फबाट सामुदायिक रेडियो प्रसारक संघ, नेपालका नवनिर्वाचित पदाधीकारीहरूलाई बधाई तथा शुभकामना दिए । उनले आगामी दिनमा सामुदायीक रेडियो प्रसारक संघसँग सहकार्य गरेर काम गर्ने र साझा समस्यासँग मिलेर अगाडी बढ्ने बताए । धमलाले नेपालमा सामुदायिक रेडियोको महत्वपूर्ण भुमिका भएको बताए । उनले भने, ‘देशमा सामुदायिक रेडियोले खेलेको भुमिका कुनै नेपाली काही पनि कहिले पनि भुल्न सक्दैन् ।’

त्यसैगरी, कार्यक्रममा बोल्दै संघका महासचिव किशोरजंग थापाले क्लबले गरेको सम्मानले प्रेरणा र उत्साहले हामी अगाडि बढ्ने बताए । यो प्रेरणाले देश भरी रहेका सम्पूर्ण सामुदायिक रेडियोलाई थप उत्साह मिल्ने भन्दै अन्य संस्था भन्दा पनि पत्रकारिता क्षेत्रमा रहेका संस्थाहरु सित व्यापक सम्बन्ध राख्नुपर्नेमा जोड दिने बताए ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को बुधबार भएको सातौं अधिवेशनबाट १६३ मत ल्याएर अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका हुन् । अर्का अध्यक्षका उम्मेद्वार कपिलदेव खनालले १३ मत ल्याएका थिए । गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट महासचिवमा किशोरजंग थापा र वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, उपाध्याक्षमा निमेश कर्ण, भुवन सिंंह, मिलन गाहा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्ष सरोज पौडेल चयन भएका हुन् ।

निर्वाचित केन्द्रीय सदस्यहरु टेक बहादुर खड्का, वाल कुमार शर्मा, गीता न्यौपाने, पु्ष्पा चौधरी, नविन पौडेल, केशव भट्ट, अजय यादव, कृष्ण कुमार चस्माली, ध्रवराज ढकाल, दिपु पोख्रेल, हेमन्त विक, शुक्रराज भण्डारी, रोशनमान श्रेष्ठ, नवीन नरसिंह नेपाली, राम सुवेदी, संगीत बस्याल, वालकुमार शर्मा र लेखा समिति सदस्य प्रल्लाद पोख्रेल लगायत कार्यक्रममा सम्मानित भएका हुन् ।

त्यसैगरी कार्यक्रममा महासचिव किशोर जंग थापाले नयाँ नेतृत्वले कार्यभार सम्हाले लगतै पहिलो पटक सम्मान गरेकोमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई धन्यावाद दिए । उनले भने,‘उहाँहरुले दिने उस्तै प्रेरणा र उत्साहले हामी अगाडि बढ्न सक्छौँ । यो प्रेरणाले देश भरी रहेका सम्पूर्ण सामुदायिक रेडियोलाई यप उत्साह मिलेको छ ।’ अन्य संस्था भन्दा पनि प्रत्रकारिता क्षेत्रमा रहेका संस्थाहरु सित व्यापक सम्बन्ध राख्नुपर्नमा उने जोड दिएका थिए ।

त्यसैगरी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले क्लबलाई धन्यवाद दिदै सम्पूर्ण विषयमा एक अर्कासंग सहकार्य गर्दै अगाडि बताए । उनले भने,‘संस्थाहरुमा चुनौतीहरु आउँछन् । त्यस सबैसित जुध्दै अगाडि बढ्नु पर्ने हुन्छ ।’

त्यसैगरी, कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बिन्नु अवस्थीले पत्रकारिता क्षेत्रमा ऋषि धमलाको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने,‘अन्य रेडियो कार्यक्रममा भजन सुरु हन्छ भने ऋषि धमलाले आफ्नो सामाचार प्रशारण गरिसक्नु हुन्छ ।’ उनले ऋषि धमला अन्य पत्रकार भन्दा निकै जागरुक भएको बताए । अवस्थीले ऋषि धमलाको माध्यमबाट रेडियो स्थापित गर्न चाहेको समेत बताए ।

 



प्रतिक्रिया दिनुहोस्