काठमाडौं, २८ फागुन । हिजो महाशिवरात्रीको अवसरमा अभियन्ता कमल बहादुर राजलवटले २० हजार भन्दा बढिलाई गुर्जोको निःशुल्क चिया सेवन गराएका छन् । राजलवटका अनुसार पशुपति परिसरसहित तिलगंगा, वनकाली क्षेत्र, ईसाान क्षेत्रहरूमा सबै भक्तजनहरूलाई गुर्जोको चियाको सेवा गरिएको थियो ।
यसका साथै , राष्ट्रिय योजना आयोगका सहसचिव तथा योग गुरु किशोर जोशीद्वारा योग समेत गराईएको थियो । र, उक्त अवसरमा गुर्जोको चिया प्याकेट पनि वितरण गरिएको थियो । उक्त सेवामा राजलवटका परिवारका सदस्यहरु बहिनी, ज्वाइँलगायतले सघाएका थिए ।