Logo

इण्डोप्यासिफिक नीतिको सेरोफेरोमा अमेरिका-भारत सम्वन्ध



विपिन देव: भर्खरै मार्च ४ मा अमेरिकी राष्ट्रपति वाइडेनले आफ्नो इण्डोप्यासिफिक रणनीति सार्वजनिक गरेका छन् । २४ पृष्टको दस्तावेजमा अमेरिकाले आप्mनो सुरक्षा रणनीति र त्यसको सामरिक महत्व बारे आलोकित गरेको छ । २४ पृष्टको दस्तावेजमा अमेरिकाले आप्mनो सुरक्षा संवेदनशिलताका साथ साथै मानव अधिकार लगायत अन्तर्राष्ट्रिय समुदायसंग सारोकार भएका विभिन्न मुद्दाहरूमा आप्mनो दृष्टिकोण राखेका छन् ।

विश्वका विभिन्न मुलुकहरू मानवीय मूल्य मान्यताहरू मानमर्दन भइरहको परिघटनालाई पनि उक्त दस्तावेजले दृष्टिगोचर गर्ने प्रयास गरेको देखिन्छ । इथोपिया, यमन, म्यानमार, इरान र चीनमा भइरहेको मानव अधिकारको दमनप्रति वाइडेनले चासो प्रगट गरेका छन् । उक्त दस्तावेजमा आठवटा मुर्धन्य समस्याहरूको चर्चा गरिएको छ । कोरोना महाव्याधि, विश्व अर्थतन्त्र लगायत अनेकौ‘ मुद्दाहरूमा दस्तावेजले अमेरिकी नीति र दृष्टिकोण उल्लेख गरेका छन् । तर प्रधान समस्याको रुपमा चीनिया रणनीतिलाई नै दस्तावेजले केन्द्रविन्दु बनाएको छ । अर्थात् चीनियॉ दवदवा र हैकमवादलाई लगाम कस्न अमेरिकाले आप्mनो इण्डोप्यासिफक नीतिलाई अगाडि बढाएका छन् । जानकारहरूका विश्लेषण अनुसार बाइडनको सुरक्षा नीति ट्रम्पको पदचाप गएको देखिए तापनि कार्यनीतिमा तात्विक अन्तर छ । अर्थात् ट्रम्पले अमेरिकाको एकल निर्णय र नेतृत्वमा वढी जोड दिने गथ्र्यो भने वाइडेनले सामुहिक नेतृत्वलाई अगाडि बढाउन रणनीति लिएको देखिन्छ । तद्न्रुप चीनको वर्चस्व र दवदवालाई निस्तेज गर्न प्रजातान्त्रिक गठवन्धनलाई बलियो बनाउ‘दै सक्रिय भएको देखिन्छ ।

वाइडेनको आगमनको साथै कर्वाड (अमेरिका अष्ट्रेलिया, जापान र भारत)को परराष्ट्रमन्त्रीस्तरको वार्ता भएको थियो । जवकि सो वार्ता केही दिन पहिले अक्टुवरमा समेत भएको थियो । कर्वाडको परराष्ट्र मन्त्री स्तरको वार्ता जापान र न्युयोकमा भइसकेको छ । तर यस पटक वाइडेनको अगुवाईमा क्र्वाडको कार्यकारणी प्रमुखहरूको शिखर सम्मेलन गराउन नीति रहेको छ । अमेरिका, अष्ट्रेलिया, भारत र जापान कर्वाडको छातामुनि रहेर विभिन्न किसिमका सैनिक अभ्यास र सामरिक तयारी विगतमा पनि गरेको देखिन्छ । कर्वाडको संरचनालाई विस्तार गर्न पनि जानकारहरूको सुझाव रहेको देखिन्छ । भारतका सामरिक जानकार डा.श्री राम चौलियाले एक अन्र्तवार्तामा के भनेका छन् कि कर्वाडको संरचनालाई प्रभावकारी बनाउन आसियानका मुलुकहरूको सहभागिताको आवश्यकता छ ।

इण्डोनेसिया, फिलिपिन्स र भियतनाम कर्वाडमा सहभागिता भएको खण्डमा कर्वाडको प्रभावकारिता र सामरिक उपयोग बढ्ने उनको जिकिर रहेको छ । आसियानका मुलुकहरूको चीनसंग सघन आर्थिक सम्बन्ध भए तापनि चीनको दवावमा यी मुलुकहरू रहेको देखिन्छ । दक्षिण सागरमा चीनको बढ्दो पहु‘च र सैन्य तागतले गर्दा आसियानका मुलुकहरू आक्रान्त रहेका छन् । जानकारहरूको विश्लेषण अनुसार कर्वाडलाई नाटो जस्तै संरचना प्रारुप दिने अमेरिकी नीति रहेको छ । अर्थात् नाटोको नीति नियमको आधारमा अमेरिका र युरोपको विच सहकार्य सजिलो भएझै कर्वाडको संरचनाले युरोपेली मुलुकहरू जस्तै जापान, भारत र अष्ट्रेलियालाई अमेरिकासंग समर्थक र सम्वन्ध बढाउन सजिलो हुनेछ ।

अमेरिकी शोधकर्ता एलीजावेथ राबका अनुसार कर्वाडका मुलुकहरूको प्रजातान्त्रिक प्रणाली सेतुको रुपमा काम गरेको छ । तद्नुरुप अमेरिका र भारत विचमा, जापान र भारत विचमा, अष्ट्रेलिया र भारतको विचमा टुंटु वार्ता भइरहेको छ । टुंटु वार्ता खास गरेर दुई मुलुकहरूको विच उच्च स्तरीय वार्ता हो जसमा परराष्ट्र मन्त्री र रक्षा मन्त्रीहरूको सहभागिता र भूमिका हुने गर्दछ । अमेरिकाको इण्डोप्यासिफीक रणनीतिमा युरोपका दुई मुलुकहरू विट्रेन र फ्रन्सको पनि सामरिक रुपले सहभागिता रहेको देखिन्छ । विट्रेन र फ्रान्स प्रविधि र सैन्य शक्तिमा इण्डोप्यासिफिक गठवन्धनमा यथेष्ट योगदान गर्न सक्ने सार्मथ्य राख्दछन् ।

जानकारहरूको अनुसार वाइडेनले अघि सारेको रणनीतिको आधारस्तम्भ डिन एक्नेसनको नीतिमा आधारित छन् । डीन एक्नेसन अमेरिका सबभन्दा मुर्धन्य सामरिक नीतिकार थिए जो अमेरिकाको सबभन्दा पहिले सेक्रेट्रेरी आफ‘ डिफेन्स थिए । उनको नीति अनुसार कुनै पनि शक्तिलाई निस्तेज गर्न गठवन्धनको अभ्यास आवश्यक हुन्छ । वाइडेनले कर्वाड र इण्डोप्यासिफक नीतिलाई अगाडि बढाउन आफ्नो सहयोगी मुलुकहरूको सक्रियतामा वढि जोड दिएका छन् ।

अमेरिका सेक्रेट्री आफ‘ स्टेट जान विल्कनले चीनलाई निस्तेज गर्न चीनले गरिरहेको मानव अधिकारको हननलाई रोक्न अमेरिकाले जुन सुकै कदम पनि चाल्न सक्ने कुरा सार्वजनिक गरेका छन् । अर्का सेक्रेट्रेरी आफ‘ स्टेट सुलीमनले इण्डोप्यासिफ क्षेत्रमा सैन्य भण्डारीकरण गर्न अमेरिका लगायत इण्डोप्यासिफक रणनीतिसंग सरोकार र सम्वन्ध राख्ने मुलुकहरूले कुनै कसर वॉकी नराख्ने कुरा समेत उद्घोष गरेका छन् । वाइडेनको नीति माथि जानकारहरू पृथक पृथक विश्लेषण रहेको देखिन्छ । अमेरिकी सामरिक जानकार अमन ठब्करले प्रष्ट भनेका छन् कि वाइडेनको अमेरिकी जनताको दिल दिमाग र मनोभावलाई सम्वोधन गरेका छन् । अमेरिकी जनतामा रहेको चीनप्रति भावनालाई वाइडेनले आफ्नो कार्यरुपमा सार्वजनिक गरेका छन् । एक अध्ययनले प्रमाणित गरेको छ कि ८९ प्रतिशत अमेरिकी जनताले चीनलाई आफ्नो प्रधान शत्रुको रुपमा लिने गरेको छ । ५० प्रतिशत अमेरिकी जनता विश्वासका साथ भन्ने गर्दछन् कि चीनमा मानव अधिकार छैन । ९० प्रतिशत अमेरिकी जनताले स्वीकार गर्दछन् कि चीनमा मानवीय स्वतन्त्रताको मानर्मदन भइरहेको छ । ६७ प्रतिशत अमेरिकी जनता चीनप्रति न्यानो भावना राख्दैनन् । वाइडेनको चीनप्रतिको आक्रोशको पृष्ठभूमि अमेरिकी मनोविज्ञान हो ।

अर्कोतर्फ, ट्रम्पको नीतिको पदचापमा नै अमेरिकाले भारतसंगको सम्वन्धमा न्यानोपन दिन अघि बढेका छन् । भर्खरै एक उद्घोषमा वाइडेनले अमेरिकामा वसोवास गरिरहेका भारतीय मुलुका अमेरिकीहरू तारिफ गर्दै भनेका छन् कि अमेरिकी राष्ट्रपतिको भाषण लेख्नदेखि नासा लगायत अमेरिका मुर्धन्य व्यापारिक र शैक्षिक प्रतिष्ठानका नेतृत्व कर्ताहरू भारतीय मुलका व्यक्तिहरू नै छन् । अर्थात् एकातर्फ वाइडेनले भारतीय मुलका अमेरिकाहरूलाई प्रोत्साहन गरेका छन् भने अर्को तर्फ इण्डोप्यासिफीक क्षेत्रमा भारतको अगुवाई र नेतृत्वलाई अगाडि बढाएको छ । २४ पृष्ठको उल्लेखित दस्तावेजमा भारतको सक्रियता र नेतृत्वको पनि वाइडेनले अपेक्षा गरेको देखिन्छ । दस्तावेज चीनलाई मात्रै प्रधान शत्रुमा विम्वित गरेर रुससंग नीतिमा लचकता देखाएको छ ।

भारत र रुसको सामरिक र सांस्कृतिक सम्बन्धलाई इण्डोप्यासिफ क्षेत्रमा प्रयोग गर्न सक्ने अमेरिकाको दीर्घकालीन नीति रहेको जानकारहरूको दावि रहेको छ । प्रष्ट रुपमा भन्दा रुसको अर्थतन्त्र युरोपेली बजारमा निर्भर छ । भारत र युरोपको इण्डोप्यासिफिक क्षेत्रमा सहभागिता बढेको परिघटनाले आफ्नो अर्थतन्त्रलाई ध्यानमा राख्दै युरोपियन क्षेत्रमा रुस तटस्थ बस्ने वा समन्व्यकारी भूमिका खेल्न सक्ने विश्लेषण गर्न सकिन्छ । सुरक्षा सम्बन्धी चीन र रुसको बिचमा प्रचुर मात्रामा सम्वन्ध रहे तापनि रुसको अर्थतन्त्रको मेरुदण्ड भारत र युरोप नै रहिआएको छ । अर्थात् इण्डोप्यासिफिक क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई सामरिक रुपमा अब्वल र सवल बनाउन अमेरिकी नीति रहेको देखिन्छ । भौगोलिक रुपमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्ने भारतको अवस्था रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्