Logo

ओलीसंगको सहकार्य समाप्त



काठमाडौं, फागुन २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगमी मंसिरमा माहाधिवेशन गर्ने भन्दै पार्टीमा सबैको जिम्मेवारी खोसिदिएपछि उपाध्यक्ष वामदेव गौतमले उनीसंग सहकार्य समाप्त भएको घोषणा गरेका छन् ।

ओलीको एकल निर्णयपछि उपाध्यक्ष गौतमले ओलीसंग मिलेर जाने सबै सम्भावनाको ढोका बन्द भएको बताएका छन् । प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले अव ओलीसंग मिल्ने र संगै जाने सबै सम्भावन सकिएको बताएका हुन् ।

‘केपी ओलीसंग मिल्ने र उहाँसंगै मिलेर जाने सबै सम्भावना सकिए’ गौतमलाई उद्वृतगर्दै सुवेदीले भने । यसअघि नेकपा एकिकरण अभियान चलाएका गौतमले सर्वाेच्व अदालतको निर्णयपछि यो अभियानलाई एमालेमा समाहित गर्ने बताएका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्