Logo

जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब १३ करोड रुपैयाँ क्षतिपूर्ति दिईने



काठमाडौं, फागुन २९ । प्रहरीद्वारा घाँटी थिचेर मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारले अमेरिकाको स्थानीय सरकारबाट २७ मिलियन डलर (३ अर्ब १३ करोड २० लाख रुपैयाँ) क्षतिपूर्ति पाउँने भएको छ ।

सन्‌ २०२० मे २५ तारिखका दिन मिलियापोलिस नगरमा फ्लोयडको हत्या भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले फ्लोयडमा समातेर भुइँमा लडाइ घाँटीमा घुँडाले थिचेर मारेका थिए।

यो घटनालगत्तै संसारभर काला जातिको अधिकार र श्वेत दमनविरुद्ध ुब्ल्याक लाइभ्स म्याटरु आन्दोलन चर्किएको थियो।

हत्या भएको झण्डै एक वर्षपछि मिलियापोलिस नगर परिषद्‌ बैठकले फ्लोयडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत ९क्षतिपूर्ति० दिने घोषणा गरेको हो।



प्रतिक्रिया दिनुहोस्