ललितपुर, २९ फागुन । महालक्ष्मी नगरपालिकामा पूर्वमाओवादी कमान्डर विजय श्रेष्ठलगायत ५४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज लुभुमा आयोजित कार्यक्रममा श्रेष्ठका अलावा खड्गी समाजका उनीहरुलाई काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा पूर्व सांसद चन्द्र महर्जन, संविधानसभा सदस्य रामकृष्ण चित्रकार, महासमिति सदस्य मिनकृष्ण महर्जन, क्षेत्रीय सभापति महेश खड्का, प्रदेश सभापति यज्ञ नेम्कुल, नगर सभापति दिवाकर सिल्वाल, इकाई सभापति रत्नकाजी महर्जनलगायतको उपस्थिति थियो ।