Logo

नेकपा एमाले मेरो हो, केन्द्रीय कमिटीले गरेको निर्णय मान्छु : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । उनले पार्टीको विधान मान्छु भनेर सपथ खाएको कुरा कसैले पनि भुल्न नहुने पनि बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउनको लागि आफूहरुले अन्तिम कोशिस गर्ने विश्वास दिलाए ।

नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा जाने वा नजाने भन्नेबारे नेता तथा कार्यकर्ताहरुसँग सल्लाह गरेर निर्णय गर्ने जनाए । अगुवा कार्यकर्ताहरुको भेलामा आएको राय र सुझावहरुलाई आत्मसात् गर्ने उनको भनाई छ । अध्यक्ष ओली पार्टीको नीति, विधान र भावनाअनुसार नचलेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्