Logo

यी कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन



काठमाडौं, १ चैत्र । यी दुई कम्पनीका प्रस्तावित लाभांश सुरक्षित गर्ने भोली (सोमबार) अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ चैत्र ३ गते बुक बन्द गर्ने भएकोले नेपाल हाइड्रो डेभलोपर लिमिटेड र महालक्ष्मी विकास बैंकको सोमबारसम्म कायम भएका शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

नेपाल हाइड्रो डभलोपरले साधारण सभा प्रयोजनार्थ चैत्र ३ गते मंगलबारदेखि बुक बन्द गर्ने भएको छ । कम्पनीले साधारण सभा चैत्र १७ गते १२ औं, १३ औ र १४ औं संयुक्त वार्षिक सभा बोलाएको छ । कम्पनीको अनुसार ०७६/७७ को मुनाफाबाट १५.७९ प्रतिशत लाभाश प्रस्ताव गरेको हो ।

यसैगरी, महालक्ष्मी विकास बैंकको चैत्र १३ गते बसेको सभाले गत वर्षको आर्थिक प्रतिवेदन अनुसार वित्तीय वितरण पारित गनुृको साथै लाभाश प्रस्तावसमेत पारित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४६ प्रतिशत लाभांश गरेको छ । संस्थापक तर्फको ५२.४९ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गर्ने कम्पनीले जनाएको छ ।

३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापुँजी रहेको यस कम्पनीले सभाकै लागि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । सभा हुने दिनसम्म बुक क्लोज गनेृ भएकोले भोली सम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्