Logo

नागरिक लगानी कोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, १ चैत्र । नागरिक लगानी कोषको अवितरण हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारणतर्फको साधारण हकप्रद शेयर लिलामीमा विक्रि खुल्ला गरेको कोषले जनाएको छ ।

कम्पनीले पुस २८ गतेदेखि १९ गतेसम्म शेयर लिलामी बिक्रिमा ल्याएका थियो । तर तोकिएको जति बिक्रि हुन सकेको थिएन् । १ सय रुपैयाँ न्युनतम मुल्य तोकिएको हुनाले सो भन्दा धेरै मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरिदको लागि बोलकबोल पेश गर्दा १० कित्तादेखि सबै कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ ।

शेयर तथा विक्रि प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको यस कम्पनीको बोलपत्रमा नागरिक लगानी कोषको कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्