Logo

ग्रामिणस्तरका समस्या समाधान गर्न युवा अभियन्ता जिमीको सरकारलाई आग्रह



काठमाडौं, १ चैत्र । नेपालको शिक्षा, स्वास्थ्य, कृषि, यातायात क्षेत्रमा रहेका समस्या र समाधानको विषयमा सरकारले ध्यान नदिएको संखुवासभाका यूवा अभियन्ता अर्जुन जिमीले आरोप लगाएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर अभियन्ता जिमीले विशेष गरी ग्रामिणस्तरका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।

आफ्ना अवधारणा सार्वजनिक गर्दै जिमीले भने,‘ग्रामिण भेगका शिक्षा, स्वास्थ्य, यातायातका समस्याहरुलाई समाधान गर्नपर्छ ।’ उनले कानुनमा एकरुपता नभएको आरोप समेत लगाए । उनले नेपालको कानुन सच्चाउनु पर्ने बताए । स्वास्थ्य, शिक्षा, कृषि, यातायात क्षेत्रहरुमा समानता हुनुपर्नेमा जोड दिए । ग्रामिण भेगका जनताहरुले धेरै दुःख भोग्नु परेको गुनासो गरे । उनले सबै जनतामा हरेक कुरामा भिन्नता भएकोले समानता हुनु पर्नेमा जोड दिए । कृषि पेशामा आबद्व अभियन्ता जिमीले आफुले गरेको आग्रह नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको बताए ।



प्रतिक्रिया दिनुहोस्