काठमाडौं, १ चैत्र । ३ अर्ब रुपैयाँ बराबरको ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गरेको छ । बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र ८ वर्षे अवधिको ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।
बैकले ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । जारी गरेको ऋणपत्रमध्ये कम्पनीले १२ लाख कित्ता र व्यक्तिगत रुपमा १९ लाख कित्ता विक्रि गर्ने र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाइएको जनाएको छ ।
बैंकले जारी गरेको ऋणपत्रमा चैत्र १ गतेबाट ४ गते सम्म र ढिलोमा १६ गतेसम्ममा सेन्चुरी क्यापिटल मार्केट्र्स लिमिटेड, ग्लोबल आइएमई बैंक लगायत स्थानहरुबाट आवेदन दिन सक्नेछन् ।