कैलाली, १ चैत्र । अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान सहित पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको २१ लाख ३६ हजार ४ सय २ रुपैयाँ मूल्य बराबरको २ हजार ५ सय ९७ पिस सुट, ५० थान दरी र ५ सय ४८ मिटर कपडा सहित २ जनालाई भजनी नगरपालिका–५ लौवास्ताबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.१ त १५७६ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग पुर्याउने प्रदिपलाई से. ७ प ८१४७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । बरामद सामान, ट्याक्टर र मोटरसाइकल सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।