काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) मा ४ हजार केन्द्रीय सदस्य थिए । नेकपा गठन भएपछि ती सदस्य सबै खारेज भई ६० र ४० को बाँडफाँडमा माओवादीबाट २ सय जना केन्द्रीय सदस्य भएका थिए । माओवादी केन्द्र ब्युँतिएपछि पुरानै संख्याका ४ हजार केन्द्रीय सदस्य भएकोमा आजको निर्णयले २ सयमा झारेको छ ।
पेरिसडाँडामा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले एमालेसँगको एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको हो । आजको बैठकमा त्यही संख्याका सदस्यलाई निम्तो दिइएको थियो ।
आजको बैठकमा १ सय ८५ जना सहभागी भएका थिए । ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना अनुपस्थित रहेको जनाइएको छ ।