काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैभन्दा धेरै मन नपराउनेहरुले नै समर्थन गरिरहेको टिप्पणी गरेका छन् । उनले आफूलाई प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले अहिलेपनि समर्थन गरिरहेको भन्दै यस्तो टिप्पणी गरेका छन् ।
आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले संसद्मा जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने भनेर यसअघि पनि भनिसकेकोले हटाउने हो भने समर्थन फिर्ता लिए भैगयो नि ? भनेर माओवादी केन्द्रलाई प्रष्ट रुपमा भनेका छन् ।
उनले आफूले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव नगरेको पनि स्पष्ट पारे । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाउनेबारे कुनै सहमति नभएको उनले स्पष्ट पारे ।