Logo

खनाल-नेपालमाथि खनिए प्रधानमन्त्री ओली : ‘कम्युनिष्ट पार्टी र आन्दोलन समाप्त पार्ने उहाँहरुको योजना थियो’



काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल र झलनाथ खनालहरुको योजना नै नेपालको कम्युनिष्ट पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन समाप्त पार्ने र विकासको योजना रोक्ने र समाप्त पार्ने रहेको गम्भीर आरोप लगाएका छन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,त्यो कुरा उहाँहरुको योजना नै हो । त्यो कुरा, तपाई अर्याल होटेलको निर्णय हेर्नुस कि बुटवलको भाषण हेर्नुहोस, तादाम्यता छ नि । दुई तिर, कतै कुरा त लुकेको छैन । अनि मैले भेदभाव गरें भन्ने ? आउँदिन भन्ने अनि भेदभाव गरे भन्ने ? आउँदिन भन्ने, अनि पक्षपात गर्यो भन्ने ?



प्रतिक्रिया दिनुहोस्