Logo

श्रमिक कल्याणकारी कोषको एक अर्ब अलपत्र



काठमाडौं, चैत २ । श्रमिक कल्याणकारी कोषमा करिब १ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । ९८ वटा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको सो रकम अहिलेसम्म श्रमिकको हितको लागि खर्च हुन सकेको छैन ।

सरकारले कामदारको सामाजिक सुरक्षा गर्न भन्दै २०५६ सालमा कोष स्थापना गरेको थियो । कोष नियमावली अनुसार नाफामा सञ्चालन भएका उद्योग तथा प्रतिष्ठानले नाफाको १० प्रतिशत कोषको लागि छुट्याउनुपर्छ । त्यसमध्येको ७० प्रतिशत प्रतिष्ठान स्तरको कोषमा र ३० प्रतिशत केन्द्रीय स्तरको श्रमिक कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ ।

कोषको रकम कार्यक्षेत्रमा हुने दुर्घटनाबाट पीडित कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान, श्रमिकका बालबच्चाको पठनपाठनको लागि खर्च गर्नुपर्ने प्रावधान रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्