काठमाडौं, २ चैत्र । नेपाली बजारमा सुनको मुल्य स्थिर छ । आइतबार सुनको मुल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन मुल्य प्रतितोला ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मुल्य प्रतितोला १२ सय ७५ रुपैयाँ निर्धारण गरेको छ ।