Logo

हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनर्निर्माणका लागि सहयोग



काठमाडौं, २ चैत्र । हिमालयन बैंकले पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको लागि १ करोड सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।

मन्दिर पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रन्जितकारलाई बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले सहयोग चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोकशमशेर राणा, बैंकका महाप्रबन्धकद्वय सुशील जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रस्टका सञ्चालक प्रतिमा पाँडेको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्