काठमाडौं, २ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्साकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवान पक्राउ परेका हुन् ।
ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक(पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।