Logo

नेशनल हाइड्रोपावरको साधारण सभा, कति लाभांश पारित गर्ने



काठमाडौं, २ चैत्र । नेशनल हाइड्रोपावर कम्पनीले २४ औं साधारण सभा बस्ने भएको छ । कम्पनीले चैत्र २७ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्वयांक्वेट बालुवाटार, काठमाडौमा बस्ने भएको हो । सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रनिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गर्ने प्रस्तावमा छलफल गरेर पारित गर्ने भएको छ । सभाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् ।

अन्य कम्पनी तथा वित्तीय संस्थासँग मर्जर प्राप्ति प्रकृयामा जाने लगायतको आवश्यक कामको अख्तियारी समेत संचालक समितिलाई सभाले दिने जनाइएको छ । साधारण सभा प्रयोजनार्थ चेत्र ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्