Logo

नेप्सेमा ग्रिनलाइफ हाइड्रोपावरको शेयर सुचीकृत



काठमाडौं, २ चैत्र । ग्रीन लाइफ हाइड्रोपावरको शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वीकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले फागुन ७ गते सर्वसाधारणको लागि आईपीओ बाँडफाँट गरेको १ करोड ८० लाख कित्ता शेयर सुचीकृत गरेको हो ।

ग्रिन लाइफको कुल शेयरमा संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ १९.४२ प्रतिशत शेयर स्वामित्व रहेको छ । मंगलबारबाट कारोबारमा आउने कम्पनीको शेयरको प्रतिकित्ता ९९.६७ देखि २९९.०१ को मुल्य रेञ्ज तोकेको तोकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्