Logo

राष्ट्रपतिले भोलि शीर्ष नेताहरुसँग छलफल गर्ने, बोलाईन शीतलनिवास



काठमाडौं, २ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी छिन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ । बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot