Logo

बालुवाटारको चियापानमा प्रधानमन्त्री ओलीको संक्षिप्त सम्बोधन : उहाँहरुले भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न ? एक नजर त्यता राखिन्छ



काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सही उद्देश्यले अघि बढिरहेको स्पष्ट पारेका छन् । उनले आफूहरुको भूमिका विचारकेन्द्रित हुनुपर्ने भन्दै पार्टीका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सोहीअनुसार अघि बढ्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरु र सांसदहरुको उपस्थितिमा चियापान समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘हिजोको झैं तमाशा बनाउने, जग हसाउँने, सञ्चारमाध्यमलाई बिजनेश दिने कुरा अब हुन सक्दैन् । बाई द वे मात्रै यत्ति चर्चा गरेको हो । आज त चियापानको कुरा हो । एकथरी अनुहारका साथीहरु चियापानमा देखिनुभएन । उहाँहरुले बैठक बसेर पार्टीको चियापानमा नजाने भनेर निर्णय गर्नुभयो अरे, तर म त्यो पत्याउँदिन्, उहाँहरु कसको निम्ता पाए जानुहुन्छ ? थाहा त सबै छ, कसको पाए जानुहुन्छ भनेर ? यो राम्रो लक्षण होईन् । कुनै कारणवश आउनुभएन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यो चाहीँ हामीले एक नजर त्यता राखिन्छ । पार्टी विधि र विधानअनुसार चल्छ । नचाहिने कुरा मान्दैनौं । सत्यसँग नलड्ने, निहँु खोजेकाहरुसँग नझुक्ने । बेठिक गर्नेहरुसँग झुक्दैनौ । आज सदनपनि छ । धेरैढिलो पनि गर्नुहुन्न । हाम्रो भूमिका सदैव सकारात्मक हुनुपर्छ । देश र जनताको हितप्रति हुनुपर्छ । देश र जनतालाई मन र मस्तिष्कमा राखेर अघि बढ्छौं ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot