काठमाडौं, ३ चैत्र । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । काठमाडौं– २९ घर भएका मनिष श्रेष्ठ र झापा बाह्रदशी गाउँपालिका–३ घर भएका ३५ वर्षीय प्रतिक रिजाललाई २५.५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ९० हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनिषको घरको कोठामा तलासी गर्दा उक्त खैरो हेरोइन र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त घटनाको थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका(२३ घर भएका ३५ वर्षीय रमेश शाक्यले उक्त नगद रिजाललाई मनिषसँग लागूऔषध खैरो हेरोइन खरिद गर्नका लागि दिएको खुल्न आएपश्चात शाक्यलाई समेत काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारस्थित सडकबाट पक्राउ गरेको जनाएको छ ।
उनीहरु माथि लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।