Logo

प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ : हामी एकपछि अर्को कारबाही भोग्न तयार छौं



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाहीको धम्की नदिने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले आफूहरु एकपछि अर्को कारबाही भोग्न तयार रहेको स्पष्ट पारे । चैत्र ४ र चैत्र ४ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी कारबाही भोग्न तयार छौं । लामवद्ध छौं । हामीलाई त्यसमा कुनै चिन्ता छैन् ।’ भट्टराईले प्रधानमन्त्री ओली अहिले ईतिहासको कठघरामा उभिएको भन्दै जवाफ दिनुपर्ने बताए । उनले भने,‘म तपाईँलाई अनुरोध गर्छु, तपाईँ अहिले ईतिहासको कठघरामा उभिनुभएको छ । जब ईतिहासले सोधेको प्रश्नको उत्तर दिन तपाईँ असमर्थ हुनुहुन्छ, ती उत्तर दिन सक्नुहुन्न, त्यो बेला ईतिहासले तपाईँलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईँको निम्ति दुई थोपा आँशु चुहाउने मान्छे नहुनपनि सक्लान् ।’

उनले धम्कीको भाषा नबोल्नपनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । अब दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने बारुदका गन्ध नफैलाउन पनि उनले अर्को चेतावनी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot