Logo

खाट, ओछ्यान र झुलसहित २३ दिनदेखि वेपत्ता झा दम्पत्तिको ‘कि सास कि लास देखाऊ’ भन्दै ५० संघसंस्था सडकमा आउँदै (भिडियोसहित)



काठमाडौं, ३ चैत्र । महोत्तरीको पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तीन दिनभित्र सीआइबी टोली गठन गरी घटनाको निष्पक्ष छानविन गर्न पहल नगरिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका हुन् । उनीहरुले आजै माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेका छन् ।

झा दम्पत्ति सुतेको अवस्थामै वेपत्ता पारिएका थिए । उनीहरु सुतेको खाट, झुल र पलङ पनि फेला परेको छैन । यसले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ ।
मैथिल ब्राम्हण महासभा नेपाल तथा राष्ट्रिय इन्जिनियर्स संघका अध्यक्ष भगवान झाले तीन दिनभित्र घटनाको निष्पक्ष छानविन गर्न सीआइबीबाट टोली गठन नगरिए चरणवद्ध आन्दोलनमा जाने बताए । ५० वटा संघसंस्थाले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ देखि कडा आन्दोलन गर्न वाध्य हुने उनको भनाई थियो ।

अध्यक्ष झाले महोत्तरीबाट पूर्वसरकारी कर्मचारी दम्पतिको अपहरण भएको २३ दिन पुग्दा पनि सरकार र प्रशासनले केही काम गर्न नसकेको आरोप लगाए । ‘उहाँहरुको सास नभए पनि हामीलाई लास चाहियो,’ उनले भने, ‘उहाँहरुको अपहरण गर्न जग्गाको कारण हुन सक्छ ।’ उनले तीन दिन भित्र घटनाको निष्पक्ष जाँच समिति गठन गरि अपहरित दम्पतिको यथार्थ स्थिती सार्बजनिक गर्न माग गरे । ‘अपहरणको मुद्दामा राजनीतिकरण नहोस् भनेर सिआईबी जाँचको माग गर्दै हामीले आन्दोलन गरिरहेका छौं,’ उनले भने, ‘ सीआईबी अनुसन्धान सुरु गरियोस्, अपहरित दम्पतीको खोजी गरेर बाहिर ल्याइयोस् र बेपत्ता पार्नेलाई सार्वजनिक गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’

राष्ट्रिय इन्जिनियर संघका महासचिव ई.दिपेन्द्र कुमार शाहले अपराधीलाई सरकारले कडा भन्दा कडा सजाय दिन माग गरे । उनले भने, ‘कि सास कि लास चाहियो । झाले दम्पत्ति अपहरणमा पर्नुको कारण मोहि जग्गाको साक्षी बस्नु रहेको जिकिर गरे । उनले मँगलबार बेलुका ४ बजे देखि ६ बजे सम्म माईतिघर मण्डलामा दम्पत्तिको न्यायको लागि धर्ना कार्यक्रम गर्ने जानकारी दिए ।

मैथीली महिला समाजकी अध्यक्ष अन्जला झाले झा दम्पत्तिलाई प्रशासनले खोजी गर्न नचाहेको आरोप लगाइन् । उनले भनिन् ‘प्रशासनले चाहेको भए खोजी नीति छिटै हुन्छ ।’ तर प्रशासनले अलटाल गरेकोले खोजिनिति नगरेको बताइन् । उनले दम्पत्तिको खोजीको लागि सिआईबी समिति गठन गर्न सरकारसँग माग गरिन् ।
सहोडवा समाज काठमाडौंका अध्यक्ष वशिष्ट नारायण मिश्रले झा दम्पत्ति अवस्थामा सार्वजनिक गर्न माग गरेका छन् । झा दम्पत्ति जुन सुकै अवस्थामा भएपनि सरकारले छिटो भन्दा छिटो सार्वजनिक गनुपर्नेमा उनको माग थियो ।

मैथिल ब्राम्हण महासंभा नेपालका महासचिव ईन्द्रदेव मिश्रले कार्यक्रम संचालन गर्दै प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

महोत्तरीका ७५ वर्षीय मोसाफिर झा र ७० वर्षीय गीतादेवी झा यही फागुन १० गते घरबाटै सुतिरहेका अवस्थामा अपहरणमा परेका थिए । मोसाफिर झा नेपाल सरकारका पूर्वकर्मचारी हुन् ।

मिति २०७७ चैत्र ३
विषयः– प्रेश विज्ञप्ती ।
महोत्तरी जिल्ला,पिपरा गांउपालिका वार्ड नं ५ सहोडवा निवासि मुसाफिर झा र उहाँको श्रीमतीगीता देवीझायहि २०७७फागुुन १० गते राति आप्mनो निवासमा सुति रहेको अवस्थामा अज्ञात व्यतिmहरुद्वारा बेपत्ता पारिएको कुरा सवैमा अवगत नै छ । साथै बेपत्ता पारिएको भोलीपल्टै देखि स्थानिय प्रशासन र प्रहरीले पनिछानविन को नाममा औपचारिकता मात्र निभाई रहेको कुरा पनि कसैबाट छुुपेको छैन ।
सबै नेपालीहरुले बाच्नपाउने र ज्यानको सुरक्षाको हकहुने संविधानप्रदत्त अधिकार हो र यस अधिकारलाई अन्तराष्ट्रिय कानून र अभिसन्धिहरुले पनि स्वेच्छीक होईन बाध्यात्मक बनाएको छ । नेपालीहरुको यस अधिकारलाई रक्षागर्न र कुनै पनिकिसिमले उल्लंघन हुननदिन नेपालको संविधान रप्रचलितकानूुनहरुले संंघिय सरकारलाई एवं त्यसै सरकार अन्तरगत रहेकास्थानियप्रशासनलाई अधिकार दिएको छ । अधिकारिक निकायले यसलाईकुनै पनिवहानामा आलटाल गर्ने र कर्तव्य पालनको नाममाऔपचारिकतामात्रनिभाउनमिल्दैन । मुसाफिर झादम्पतिलाई बेपत्ता पारिएका यतिका दिनवितिसक्दापनि स्थानिय प्रशासनले प्रभावकारी पहल नगर्नुलाई हामिले स्थानिय प्रशासनले आलटाल गरिरहेको र कर्तव्य पालनको नाममा औपचारिकता मात्र निभाई रहेको साथै यसले अपराधिहरुलाई सघाउ पुग्नेर अपहरित ब्यतिmको ज्यान समेत जान सक्ने सम्भावनाको रुपमाहामिलेलिएका छौं ।
स्थानियप्रशासनको यस कर्तव्य पालनको नाममाऔपचारिकतामात्रनिभाउनुु र अहिले सम्म गरेको कामको कुुनै परिणाम नआउनुुले यस स्थानियप्रशासन बाटअपहरित दम्पतिको ज्यानको सुरक्षावायथार्थ स्थीती सार्वजनिकहुन सक्ने र दोषिहरुपत्तालागेरदोषिहरुमाथि कडाकार्यवाहीहुुन सक्नेहामिले आशा र विश्वास गर्ने कुुनै आधाररहेन।
त्यसर्थतपशिलका समाजिक संघ सस्थाहरु संयुुतm रुपमानेपाल सरकारको ध्यानाकर्षण गराउदैयस विज्ञप्ती मार्फत आग्रहगर्दछौंकिस्थानिय प्रशासनबाट अपहरित दम्पतिको ज्यानको सुरक्षावायथार्थ स्थीती सार्वजनिकहुन सक्ने र दोषिहरु पत्तालागेर दोषिहरुमाथि कडा कार्यवाहीहुुन सक्ने हाम्रो विश्वास नरहेकोले उतm घटनाको निष्पक्षजाँचगर्न ऋ।क्ष्।द्य। टोली गठन गरियोस् ।त्यस टोली बाट उतm घटनाको निष्पक्षजांँच गराई अपहरित दम्पतिको यथार्थ स्थीतीबारे सार्वजनिकगरि दोषिपत्तालगाई दोषिहरुमाथि कडा भन्दा कडा कार्यवाहीगरियोस् ।
इदिआजको मितिले ३ दिनभित्रमापनिउतm घटनाको निष्पक्षजांंच गर्न ऋ।क्ष्।द्य। टोली गठन गरि अपहरित दम्पतिको यथार्थ स्थीतीसार्वजनिकगर्न पहलगरिएन र दोषिपत्तालगाई सार्वजनिकगर्न पहलगरिएनभन्नेयीसंस्थाहरुजिल्लाप्रशासनकार्यालय घेराउलगायतका चरणवद्ध रुपमा कडा भन्दा कडाआन्दोलनकाकार्यक्रमहरु अगाडि बढाउन वाध्यहुने कुरा जानकारी गराउन चाहन्छौं । यसबाट हुनसक्ने कुुुनै पनि घटनाको पूर्ण जबाफदेहीसम्बन्धितनिकायहरु नैहुने समेत जानकारी गराउँदछौं ।

 प्रेश विज्ञप्ती जारिगर्ने संस्थाहरु

१. मैथिल ब्राम्हण महासभा नेपाल ई . भगबान झा
२. राष्ट्रिय ईन्जिनियर संघ



प्रतिक्रिया दिनुहोस्