एजेन्सी, ३ चैत्र । बलिउड चर्चित अभिनेत्री आलिया भट्टले सोमबार २८ औं जन्मदिन मनाएकी छिन् । आलियाले ६ वर्षको उमेरमा बाल कलाकारको रुपमा ‘सघर्ष’ फिल्मबाट बलिउड प्रवेश गरेकी हुन् । उनी २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा अभिनय गरेकी थिइन् ।
आलीयाले हाइवे, हम्प्टी शर्माको दुल्हनिया, उड्ता पन्जाब, डियर जिन्दगी, बद्रीनाथकी दुल्हनिया, राजी लगायतको धेरै सफल फिल्ममा अभिनय गरेकी छिन् । उनीसँग १० मिलियन डलर अर्थात ७४ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको वेबदुनियाले जनाएको छ । जसमध्ये ५४ करोड रुपैयाँ बराबरको ४ घर रहेका छन् ।
समाचार अनुसार आलियाले २०२० मा बान्द्रास्थित पालीहिलमा एक अर्पाटमेन्ट खरिद गरेकी छिन् । जहाँ रणबीर कपुर पहिले देखि नै बसोबास गर्दै आएका थिए । आलियाले आलिसन भवन ३२ करोड रुपैयाँमा खरिद गरेकी हुन् ।
आलियाले वलिउड प्रवेश गरेसँगै सम्पत्ति थप हुँदै गएको हो । उनीसँग कारहरु ब्लैक आँडी ए सिक्स, आँडी क्यु फाइभ, बिएमडब्लु सेभेन सिरिज रहेका छन् । समाचारको अनुसार आलियाले ब्राण्ड एंडोर्समेंटबाट वर्षमा ३.६ करोड रुपैयाँ कमाउछिन् । कोकाकोला, स्टैंडर्ड फैन, फिलिक्स, कार्नेटो, गार्नियर जस्ता विज्ञापन पनि गरिसकेकी छिन् ।
अरबौ सम्पत्तिकी धनी आलियासँग ६ करोड रुपैयाँ पर्सनल लगानी गरेकी छिन् । आलियाको जीवनशैलीको कुरा गर्दा हर्मेस र किलीको ब्याग बोक्ने गर्छिन् । उनले बोक्ने ब्यागको मुल्य करीब ५ लाख रुपैयाँको वरिपरि हो ।