काठमाडौं, ३ चैत्र । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले यही चैत्र ४ र ५ गते एमालेको नाममा हुने भनिएको राष्ट्रिय भेलाको प्रचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् । आज साँझ एक विज्ञप्ती निकाल्दै उनले आफ्नो पार्टीले कुनै भेला आयोजना नगरेको स्पष्ट पारेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ,‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न–नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । विज्ञप्तीमा थप भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।’