Logo

खानेपानी सपना राप्ती दुधौरा ‘डाइभर्सन’



वीरगन्ज, चैत ४ । प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा डाइभर्सन’ को अवधारणा ल्याएको धेरै वर्ष भयो।

आयोजना कहिले सुरु गर्ने अझै अन्योल छ। यस्तो अवस्थामा प्रदेश २ सरकारले चासो देखाउन सुरु गरेपछि दुई जिल्लाको खानेपानी समस्या समाधान हुने संकेत देखिएको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले बहुद्देश्यीय महत्वकांक्षा बोकेको यो डाइभर्सनको प्रारम्भिक अध्ययनका लागि पहिलो पटक नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

बजेटमा राखिएको यो कार्यक्रम कार्यान्वयनमा लैजान प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले हालै राप्ती–दुधौरा डाइभर्सनका लागि स्थलगत अवलोकन गरेको छ। प्रदेशका सांसद, मन्त्रालयका प्रतिनिधि, वाग्मती प्रदेशका अधिकारी र विज्ञसहितको टोली अवलोकनमा सहभागी थिए।



प्रतिक्रिया दिनुहोस्