काठमाडौं, चैत ४ । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।
चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो । त्यसपछि माघ २३ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज खोप दिने जनाएकी थिइन् । चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो ।
तर आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन । ‘हाम्रो सूचनाअनुसार नेपाललाई अनुदानमा उपलब्ध गराउने भ्याक्सिन बेइजिङको स्टोरमा छ । कान्तिपुर दैनिकबाट