Logo

एनआईसी एशिया बैंकले ५ लाख ८९ हजार संस्थापक शेयर बिक्रि गर्दै



काठमाडौं, ४ चैत्र । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्तमा रहेका शेयर लिलाममा बढाबढ गरेर बिक्रि खुल्ला गरेको छ । बैंकले माइक्रोफाइनान्सको संस्थापक समहुको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको जनाएको छ । शेयर प्रति कित्ता मुल्य न्युनतम ४ सय ३७ रुपैयाँमा बिक्रि गर्न लागेको छ ।

आवेदन दिन चाहानेले संस्थाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न आग्रह गरेको छ । शेयर गर्न इच्छुक संस्था तथा व्यक्तिले न्युनतम १०० कित्ता र धेरैमा सबैमा दिन सक्छन् ।

शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ । बैंकको अनुसार शेयर खरिद गर्न बैसाख ७ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्