Logo

बल्खुमा सन्तोषीको हत्या प्रकरणः दुव्यर्सनी पतिसँग डिभोर्स मागेपछि हत्या



काठमाडौं, ४ फागुन । बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमान् सन्तोष सापकोटाले गरेको अनुसन्धानबाट पत्ता लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी हत्याको अनुसन्धानबारे आज जानकारी गराएको हो ।

सन्तोष लागूऔषधको दुव्यर्सनी भएर सन्तोषीलाई निकै दुःख दिएको खुलेको छ । पतिको बानीबाट आर्जित भएपछि सन्तोषी छुट्टिएर बस्ने निष्कर्षमा पुगेकी थिइन् । उनले पतिसँग पारपाचुके मागेपछि योजनावद्ध तरिकाले हत्या गरेका थिए ।

घटनाको दिन सन्तोषीले सहकारीको ऋणको ब्याज तिर्न माइतीबाट पैसा ल्याएको र त्यो पनि सन्तोषले लुटेका थिए । उनले हत्या गरी बोरामा राखेर शव व्यवस्थापन गर्न लाग्दा भाइले देखेपछि भागेर सातदोबाटोस्थित साथीहरुसँग बसेका थिए । उनका भाइ तेजबहादुर सापकोटाले शवबारे जानकारी दिएका थिए ।

मकवानपुर स्थायी घर भएका सन्तोष बल्खुको सुकुम्बासी वस्तीमा बाबु र भाइसँगै बस्दै आएका थिए । उनले सन्तोषी श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

काठमाडौंको स्थानीयवासी सन्तोषी श्रेष्ठको माइतीको आर्थिक अवस्था सन्तोष सापकोटाको तुलनामा राम्रो थियो । सन्तोषले बयानमा ससुराली धनी भएर आफूलाई सन्तोषीले डिभोर्स मागेपछि आवेगमा हत्या गरेको बयान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot