काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र संसदीइ व्यवस्थालाई असफलताको पगरी गुताउने काम गरिरहेको आरोप लगाएका छन् । आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीले सदनलाई व्यापार नदिएर फेरि संसदलाई असफलताको पगरी गुताउने काम गरिरहेको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन ठिक थियो भन्ने प्रमाणित गर्न चाहेको पनि टिप्पणी गरेका छन् । उनले लेखेका छन्-“सदनलाई ब्यापार नदिएर प्रधानमन्त्री ओली फेरि संसद र संसदिय ब्यबस्थालाई असफलताको पगरी गुताउदै छ्न। विघटन ठिक थियो भन्ने प्रमाणित गर्न चाहन्छन। अब ढिलो चाडो ओलीनै असफल प्रमाणित हुदै छ्न।”