काठमाडौं, ५ चैत्र । आज सिभिल लघुवित्त वित्तीय सस्था लिमिटेडको नर्वौं साधारण सभा हुँदैछ । फागुन ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बिहीबार बोगनभिलला इभेन्टस त्रिपुरेश्वरमा सभा हुने भएको हो ।
सभाले ०७६/७७ आर्थिक वर्षको मुनाफाबाट ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभाले संचालक समितिको अध्यक्षले पेश गरेको आव ०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण सम्बन्धि विषयमा छलफल गरेर पारित गर्ने कम्पनीले जनाएको छ ।