काठमाडौं, ५ चैत्र । मिर्मिरे लघुवित्त वित्तीय संंस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले ९.६८ प्रतिशत लाभांश पारित गर्न चैत्र १८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा तथा लाभांश प्रयोजनार्थ चैत्र ८ गतेदेखि बुक क्लोज गर्ने भएकोले आजै नै शेयर सुरक्षित गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यस अघि गरेको १२.६३ प्रतिशत घोषणा गरेको प्रस्तावलाई संशोधन गरेर ९.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्ने भएको छ । ३९ करोड ६१ लाख ४६ हजार चुक्तापूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।
सभाले ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउँने अख्तियारी संचालक समितिलाई दिने निर्णय गर्ने जनाएको छ ।