काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । ललितपुरमा जारी आफ्नो पक्षको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि समिक्षा गर्न उक्त समूहको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको हो ।
आजमात्रै पनि एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु सहभागी भएका थिएनन् । अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको बैठक राखेर एकलौटी निर्णय गरेको भन्दै माधव पक्ष आक्रोशित छ । ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म कुनैपनि बैठकमा भाग नलिने बताईसकेको छ । File Photo/ReportersNepal