काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एक साताभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रसताव ल्याउने बताएका छन् । आज (बिहीबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले अब कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको गठबन्धन बन्ने पनि दाबी गरे ।
पछिल्लो समय सभापति शेरबहादुर देउवाले सरकारमा जानको लागि खुट्टा कमाईरहेको बेलामा महामन्त्री कोइरालाको यस्तो भनाई आएको हो । सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग बनाउने फैसला गरेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । File Photo/RN