Logo

काँग्रेस प्रवक्ता शर्माले भनेः प्रधानमन्त्री पदका लागि दौरासुरुवाल आइरन गरिहाल्ने बेला भएको मान्दैनौं



काठमाडौं, ५ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नेतृत्वका लागि वातावरण तयार नभई हतार गर्ने बेला नभएको बताएका छन् । उनले काँग्रेसलाई सरकारको नेतृत्वका लागि मुख्य दलहरुले प्रस्ताव गरेर अवस्था नबनी हतार नगर्ने समेत प्रष्ट पारेका छन् ।

न्युज एजेन्सी नेपालसँग आज कुरा गर्दै शर्माले काँग्रेस प्रतिपक्षमै बस्नुपर्ने अडानमा नरहेको समेत बताए । अवस्थाको आँकलन गरेर मात्र नेतृत्वका लागि अग्रसर हुनसक्ने संकेत गरे ।

‘गणितीय रुपमा जबसम्म सिंगासिंगो दलहरु रहेर सुनिश्चित ढंगले नेपाली काँग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं,’ प्रवक्ता शर्माले भने, ‘सत्तामा जानै हुन्न भन्ने मान्दैनौं ।’

शर्माले गणितीय रुपमा अहिलेकै अवस्था संगठित रहिरहेर अगाडि बढ्ला भन्ने नलागेको बताए । प्रधानमन्त्रीका लागि हतारो पनि नगर्ने र अवस्था हाइहालेमा नभाग्ने समेत बताए । कुराकानी र संवादमा रहिरहेको बताए । उचित गणितीय वातावरण बनाएर सार्वजनिक रुपमा अगाडि बढ्ने बताए ।

काँग्रेस सरकारको नेतृत्वका लागि अगाडि बढ्ने विषय बाहिर आइरहँदा प्रवक्ता शर्माबाट हतार नगर्ने भनाई सार्वजनिक भएको हो । सरकार निर्माण सुनिश्चित नभई काँग्रेस अगाडि नबढ्ने सन्देश पनि देउवाका तर्फबाट प्रवक्ता शर्माले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्