काठमाडौं, चैत ६ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) निस्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका छुट्ट्याइएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।