काठमाडौं, ६ चैत्र । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) को नवौं वार्षिक साधारण सभा चैत्र ५ गते बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ ।
वित्तीय संंस्थाका अध्यक्ष श्री सचिन जङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गूले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए । गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने पुण्य कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।
नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा श्री सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छिन् ।
कार्यक्रमका सभापति श्री सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए । यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।