Logo

आगलागीबाट चौपाया जलेर नष्ट



सप्तरी, ६ चैत्र । सप्तरीको अगनीसाईर कृष्ण सबरण गाउँपालिका वडा न. ५ मा चैत्र ६ गते साँढे १ बजेको समयमा आगोलागी भएको छ । आगोलागीबाट १८ वटा गाई र वाछी २ गरी  २० थान चौपाया जलेर नष्ट भएका छन् । पशु फारम सहित गाईलाई दिने अन्नपात समेत गरी जम्मा ३१ लाख ३९ हजार ६ सय रुपैयाँ बराबरको आगोलागीबाट क्षती भएको प्रहरीले जनाएको छ ।

अग्नीसाईर कृष्णसबरण गा.पा.वडा न.६ का मनोज साह र वडा न.०६ बस्ने दिनानाथ साह दुबै जना मिली खोलेको कृष्णा राम पशु फारममा बिजुली करेन्ट सट भई अचानक आगलागी भएको थियो ।

प्रहरीकोे अनुसार आगो निभाउने क्रममा दिनानाथ साहलाई समेत आगो लागी घाईते भएकोले उपचार भइ उनको उपचार भैरेको छ । हाल आगो पुर्ण रुपले नियन्त्रणमा आइसेको र आगोलागीबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्