Logo

सनराइज ब्लुचिप फण्डको इकाईमा आवेदन दिने समय थप



काठमाडौं, ६ चैत्र । सनराइज ब्लुचिप फण्डको इकाईको आवेदन दिने समय थप भएको छ । चैत्र १ गतेबाट बिक्रि खुल्ला भएको फण्डको इकाईमा तोकेको जति आवेदन नआएकोले चैत्र १६ गतेसम्म समय थप गरेकोे कम्पनीले जनाएको छ ।

१ खर्ब बराबरको १० करोड इकाई बिक्रि गर्न लागेको यस कम्पनीको इकाईमा न्युनतम १०० कित्तादेखि धेरैमा १ करोड कित्तासम्म माग गर्न सकिने जनाएको छ । कोष प्रबद्र्वक सनराइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखेर बाकी ८ करोेड ५० लाख इकाई निष्कासनमा ल्याएको कम्पनीले जनाएको छ ।
बिक्रि प्रबन्धक सनराइज क्यापिटलको अनुसार इकाई खरिदको लागि आस्वा सेवामा सहभागी भएका बैंक तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।



प्रतिक्रिया दिनुहोस्