काठमाडौं, ६ चैत्र । बैंक अफ काठमाडौंले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको बोलपत्र खोल्ने भएको छ । बैंकले आइतबार आरएमडिसी लघुवित्त र छिमेकी लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र खोल्ने जनाएको छ ।
बैंकले शेयर विक्रि प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको छ । बिओकेको कार्यालयमा बोलपत्र आइतबार खोल्ने भएको छ । बैंकको अनुसार आरएमडीसी लघुवित्तको १ लाख ५० हजार र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर लिलामी मार्फत विक्रि खुल्ला गरेको थियो ।