Logo

प्रदेश प्रहरीद्वारा सडक नाटक र म्युजिकल थेरापी



चरीकोट, ७ चैत: दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको समन्वयमा यहाँस्थित सातदोबाटोमा आज बिहान प्रदेश प्रहरीले सचेतनामूलक नाटक तथा म्युजिकल थेरापी प्रस्तुत गरेको हो । सडक नाटकमार्फत महिला हिंसा, लागुऔषध, अपराधलगायतका विरुद्धमा कलाकारहरुले अभिनयमार्फत सचेतना गराएको छ । महिला हिंसा, लागुऔषध तथा आपराधिक कार्य भएको देखेमा कुन नम्बरमा प्रहरीलाई खबर गर्ने भन्ने जस्ता विषयमा सचेतना गराइएको छ ।

यस्ता कार्यक्रमले नागरिकलाई सचेत गराउने र समाजमा हुने घटनाहरु कम हुनाका साथै लुकेर रहेका घटनाहरुलाई प्रहरीसमक्ष पु¥याउनका लागि सहज हुने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । सडक नाटक तथा म्युजिकल थेरापी भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलगायत सुरक्षा निकायका प्रमुखको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।

शहीदको सम्झनामा वैतेश्वरमा बन्यो शहीद पार्क

जनयुद्धका समयमा सहादत प्राप्त गरेका वैतेश्वर गाउँपालिकाका शहीदको सम्झनामा नाम्दु पाँडुडाँडामा शहीद पार्क निर्माण गरिएको छ ।

जनयुद्धका समयमा सहादत प्राप्त गरेका वडा नं १५ र गौरीशङ्कर गाउँपालिकाका एक गरी १६ शहीदको सम्झनामा गाउँपालिकाको केन्द्र पाँडुडाँडामा शहीद पार्क निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । पालिकाको केन्द्रसँगै करीब दुई रोपनी क्षेत्रफल जमीनमा वाग्मती प्रदेश सरकार र स्थानीय तहको संयुक्त रु ४५ लाखको लागतमा शहीद पार्क निर्माण गरिएको उपाध्यक्ष आचार्यले बताए ।

स्थानीय तहको रु पाँच लाख र प्रदेश सरकारको रु ४० लाख लागतमा जनयुद्धका समयमा सहादत प्राप्त गर्ने शहीदमध्ये वैतेश्वरमा पहिलोपटक १६ शहीदको सम्झनामा पार्क निर्माण गरिएको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot