Logo

नायिका विपना थापाले भनिन्ः नेपाल मेरो मनमुटुमा छ, नेपालको नागरिकता छाड्दिनँ (भिडियोसहित)



काठमाडौं, ८ चैत्र । नेपाली चलचित्रकी नायिका विपना थापाले आफ्नो मनमुटुमा सधै नेपाल नै नेपाल भएको बताएकी छिन् । उनले नेपालको नागरिकता पनि नछाडेको बताइन् ।

‘नेपाल मेरो जन्म र कर्म घर हो, मेरो मनमुटुमा नेपाल नै नेपाल छ,’ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको धमलाको हमलामा बोल्दै नायिका विपना थापाले भनिन्,‘नेपाल सधै राम्रो होस् भन्ने मनमा छ ।’ उनले आफूले नेपाली नागरिकता नत्यागेको समेत बताइन् ।

भारतीय नागरिकसँग विवाह गरेरे उतै बस्दै आएकी विपनाले आफू भारतमै बस्ने बताइन् । उनले भनिन्,‘म भारतमै बसेर पनि नेपाल र नेपालीको हितमा निरन्तर लाग्छु । विवाह गरेर गइसकेकोले घर गरेर खाने बताइन् ।’

आफूले भारत र भारतमा रहेका पति छाड्न नसक्ने समेत बताइन् । उनले भनिन्,‘म पति र छोरालाई निकै माया गर्छु । मेरो देश नेपाल माइती प्राणभन्दा प्यारो छ ।’
हिन्दु धर्मले सिकाएको संस्कार अनुसार आफू ‘घर गरेर खाने’ चेली भएको बताइन् । परिवारबाट निकै खुशी रहेको बताइन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot