काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफू कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नझुक्ने स्पष्ट पारेका छन् ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हु्न् । उनले आफूहरु अन्तिम समयसम्म पनि मिलेर जाने पक्षमा रहेको विश्वास दिलाए ।उनले आफूले नेकपा (एमाले) को १५ वर्षसम्म नेतृत्व गरेको सुनाउँदै पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा आफूहरुले जोड दिएको सुनाए ।