काठमाडौं, ८ चैत्र । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मिर्मिरे लघुवित्तको ९.१९ प्रतिशत बोनस शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार लघुवित्तको अन्तिम कारोबार १४ सय ९७ रुपैयाँका मुल्यका आधारमा नयाँ मुल्य १३ सय ७१ रुपैयाँ निर्धारण गरेको हो ।
संस्थाले चैत्र १८ गते पञ्चकन्या ब्यांकेट, बनेपा काभ्रेमा सभाको आयोजना गर्ने भएको हो । सभाले अन्य संस्थासँग मर्जर तथा गाभ्ने सम्बन्धि सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने र स्वेडा लघुवित्तलाई प्राप्तिपछि शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।