Logo

जाल्पा सामुदायिक लघुवित्तले ५ लाख कित्ता आईपीओ निष्कासन गर्दै



काठमाडौं, ८ चैत्र । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको ५ लाख २२ हजार कित्ता आईपीआकोे बिक्रि तथा प्रबन्धकमा क्यापिटललाई शुक्रबार नियुक्त गरेको हो ।

पोखराको केन्द्रिय कार्यालय सिमलाचौरमा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कम्पनीको अनुसार जाल्पा सामुदायिकले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्