काठमाडौं, ८ चैत्र । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिहरुसंग संयुक्त छलफल गरेका छन् । सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले समिति सभापतिहरुसँग छलफल गरेका हुन् ।
सभामुख सचिवालयले जनाएअनुसार समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल भएको थियो ।