Logo

स्वस्थ मुटु



मानव मुटु यस्तो अंग हो जसले अक्सिजन मिश्रित रगतलाई छान्ने काम गर्छ । यसले मानव शरीरका प्रत्येक अंगहरुमा तन्तु र नसाहरुको माध्यमबाट पौष्टिक र अक्सिजनयुक्त रगत पुर्याउने काम गर्छ । मुटुले कार्बनडाईअक्साइडयुक्त र अशुद्ध रगत हटाउने काम पनि गर्छ । यदि मुटुले शरीरका विभिन्न अंग र तन्तुहरुमा रगत पु¥याउन सकेन भने मानिसको तुरुन्त मृत्यु हुन्छ । मुटु छातीको केन्द्रमा अवस्थित हुन्छ प्रायः थोरै बायाँतिर रहेको हुन्छ ।

मुटुको तौल पुरुषमा २८०–३४० ग्राम हुन्छ भने महिलामा २३०–२८० ग्राम हुन्छ । मुटुले शरीरमा ५.७ लिटर रगत बनाउँछ । मानिसको मुटु एकदिनमा एक लाख पटक धड्कीन्छ भने जीन्दगीभरी करीब तीन अरब पटक धड्किन्छ । एक वयस्क मानिसको मुटु ६० देखी ८० प्रती मिनेटका दरले धड्किन्छ । तर,भर्खर जन्मेको बच्चाको मुटु वयस्क मानिसको मुटुभन्दा छिटो गतिमा धड्किन्छ ।

भर्खर जन्मेको बच्चाको मुटु ७० देखी १९० प्रती मिनेटका दरले धड्किन्छ । यसो हुनुको मुख्य कारण बच्चाहरु धेरै छिटो बढ्ने भएकाले हो । तिनीहरुको शरीरमा भएको प्रत्येक कोषको खानाले इन्धन बनाउँछ जसले तिनीहरुको विकास दु्रत गतिमा हुन्छ । उनीहरुको विकासका लागी दुध मात्र भएर हुदैन, अक्सिजनको पनि आवश्यकता पर्छ र धेरै मात्रामा शरीरलाई नचाहिने कार्बनडाइअक्साइडको उत्पादन हुन्छ ।

बच्चाहरुको मुटु आफूलाई आवश्यक परेको अक्सिजन लिन र कार्बनडाइअक्साइड हटाउन धेरै समयसम्म धड्किन्छ । यिनिहरुमा शरीरको एक्कासी विकास हुने भएको कारणले यिनीहरुको मुटुको धड्किने गति वयस्क मानिसको भन्दा बढी हुन्छ । किनकी वयस्क मानिसको शरीरको विकासको गति ढिलो हुन्छ । मानिसको मुटुको धड्किने गति उसको उमेरमा भर पर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्